• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

ह्वात्तै बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बृद्धि भएकाे छ । बिहीबार प्रतितोला ९ हजार ३०० रूपैंयाँले मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १३ हजार ४०० रूपैंयाँ कायम भएको छ ।

याे हप्ता आइतबार ३ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ६०० रूपैंयाँकाे बृद्धि भयाे । मंगलबार मूल्य स्थिर थियाे । यस्तै बुधबार २ हजार ७०० रूपैंयाँले मूल्य घटेकाे थियाे ।

गत हप्ता आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेकाे थियाे । सोमबार २०० ले मूल्य घटेको थियो भने मंगलबार ६ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे ।

यस्तै बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे । बिहीबार ५०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार ४ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । २६० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ८५५ रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ४, बिहीबार १०:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP