• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन: आज देशभर उम्मेद्वारी दर्ता हुँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन: आज देशभर उम्मेद्वारी दर्ता हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेद्वारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेद्वारी दर्ताका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

उम्मेद्वारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेद्वारहरूलाई आयोगले आग्रह गरेको छ ।

उम्मेद्वार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचयपत्रको प्रतिलिपी अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयाेगले जनाएकाे छ ।

उम्मेद्वारले धराैटी बापत १० हजार बुझाउनु पर्नेछ । महिला, दलित, अपाङ्गता भएका नागरिक वा अल्पसंख्यक वर्गका उम्मेद्वारकाे हकमा भने ५० प्रतिशत मात्र बुझाए पुग्ने पनि आयाेगले प्रष्ट पारेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ६, मंगलवार ०१:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP