काठमाडौँ । नेपाली बजारमा शुक्रबार भने सुनको मूल्य ह्वात्तै घटेकाे छ । आज प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य घटेकाे हाे । हिजो यति नै बढेर सुनकाे मूल्य हालसम्मकै उच्च भएकाे थियाे ।
याे हप्ता आइतबार २ हजार ४ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार एकै दिन ५ हजार २०० ले बढ्याे । मंगलबार प्रतिताेला ३ सय रुपैँयाँले मूल्य बढ्याे । बुधबार प्रतिताेला ९ हजार ५ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बिहीबार प्रतिताेला २० हजार ५ सय रुपैँयाँले मूल्य बढ्याे ।
गत हप्ता आइतबार सुन ६ सयले बढ्याे भने साेमबार ४ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । मंगलबार प्रतिताेला २ हजार ७ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार भने एकै दिन प्रतिताेला १० हजार ४ सय रुपैँयाँले मूल्य बढ्याे । बिहीबार प्रतिताेला २ हजार ९ सय रुपैँयाँले मूल्य घटेकाे थियाे । शुक्रबार ९ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १८ हजार ८०० कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य पनि ह्वात्तै घटेको छ । ४४० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ७ हजार ६५ कायम भएको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया