• २०८३ असार ३२ | Thu, 16 Jul 2026

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १५, शुक्रबार ०१:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP