• २०८३ असार ३२ | Thu, 16 Jul 2026

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौँ । ६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने काठमाडौँ महानगरपालिका-२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसूरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई साे सजायँ सुनाएकाे थियाे ।

उनलाई दुई वटा मुद्दामा क्रमश: १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रूपैयाँ ३९ पैसा जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रूपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २, सोमबार १२:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP