काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । आज प्रतिताेला ५ हजार ४०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख २ हजार ३०० कायम भएको छ।
याे हप्ता आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार १०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार ४०० रुपैँयाँले मूल्य बढ्याे । यस्तै बुधबार प्रतिताेला २ हजार २०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज १४० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार १० रुपैंयाँ कायम भएको छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया