• २०८३ असार ३२ | Thu, 16 Jul 2026

वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी प्रशिक्षण पाँचपोखरी थाङ्पालमा सम्पन्न

वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी प्रशिक्षण पाँचपोखरी थाङ्पालमा सम्पन्न

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिकामा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा आयोगका सदस्य विपिनराज निरौलालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्राकृतिक स्रोतको दीगो उपयोग, रोयल्टी बाँडफाँटको विधि तथा त्यसको स्थानीय तहमा उपयोग गर्ने तरिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले स्थानीय तहले गर्ने काम, कारबाहीका बारेमा जानकारी गराउनुभयो । सहभागीहरूलाई स्थानीय तहको योजना निर्माण प्रक्रियालाई अझ वैज्ञानिक, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक सीप तथा ज्ञान प्रदान गरिएको गुरुङले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई न्यायोचित र प्रभावकारीरूपमा बाँडफाँट गरी स्थानीय विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अध्यक्ष लामाले यस्ता प्रशिक्षण कार्यक्रमले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले प्राप्त स्रोतको सदूपयोग गर्दै दीगो विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमले स्थानीय तहमा वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहितालाई थप सुदृढ बनाउने अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा पालिकाका प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले पालिकाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले स्वागत मन्तव्य राख्नुभयो भने वडा अध्यक्ष, जनप्रतिनिधि, शाखा प्रमुख लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १२, बिहीबार १५:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP