• २०८३ भाद्र ६ | Sat, 22 Aug 2026

सुनको मूल्य ७ हजार २०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ७ हजार २०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनकाे मूल्य बढेको छ । आज प्रतितोला ७ हजार २०० ले मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९९ हजार कायम भएको छ ।

याे हप्ता आइतबार मूल्य स्थिर रहेकाे थियाे । साेमबार प्रतितोला २ हजार ६०० ले मूल्य घट्याे भने मंगलबार ४०० ले मूल्य बढेको थियाे ।

गत हप्ता आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार २ हजार ५०० ले घट्याे । मंगलबार ६ हजार ७०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने बुधबार ७ हजार ४०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार ३ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे सुनकाे मूल्य शुक्रबार भने स्थिर रहेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । आज २०५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार २५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २५, बुधबार ११:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP