• २०८३ भाद्र ६ | Sat, 22 Aug 2026

बुडोल सामुदायिक सहकारीमा १९ हजार ८ सय ४० सदस्य, बचत १ अर्ब ९० करोडभन्दा बढी

बुडोल सामुदायिक सहकारीमा १९ हजार ८ सय ४० सदस्य, बचत १ अर्ब ९० करोडभन्दा बढी

काभ्रे । बनेपा–६, बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सदस्य संख्या १९ हजार ८ सय ४० पुगेको छ ।

संस्थाले सार्वजनिक गरेको २०८३ साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सहकारीको बचत रकम १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुगेको छ । संस्थाको विवरणअनुसार २०८३ साउन मसान्तसम्ममा कुल बचत रु. १ अर्ब ९० करोड ३९ लाख १० हजार ५७५ रहेको छ । त्यस्तै, संस्थाको शेयर पूँजी रु. १४ करोड ५५ लाख ९७ हजार रहेको छ ।

सहकारीको जगेडा कोषमा रु. १८ करोड ६१ लाख ३३ हजारभन्दा बढी रकम रहेको छ भने संस्थागत पूँजी रु. १९ करोड ८६ लाख ३७ हजारभन्दा बढी रहेको विवरणमा उल्लेख छ । संस्थाको कुल सम्पत्ति रु. २ अर्ब ३४ करोड ८२ लाख ८६ हजार ५९३ पुगेको छ । संस्थाले सदस्यहरूको बचतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । विवरणअनुसार सहकारीको ऋण लगानी रकम १ अर्ब २८ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

२ हजार ३३० ऋणी सदस्य
बुडोल सामुदायिक सहकारीमा कुल सदस्य संख्यामध्ये २ हजार ३३० जना ऋणी सदस्य रहेका छन् । त्यस्तै, सहकारीले बालबालिकालाई बचतको संस्कार विकास गर्ने उद्देश्यले सञ्चालन गरेको कोपिला बाल बचत कार्यक्रममा ८ हजार २१२ जना आबद्ध छन् । संस्थाको तरलता प्रतिशत २१.७३ प्रतिशत रहेको छ । यसैगरी, २०८३ असारको त्रैमासिक आधारमा संस्थाको कुल पूँजीकोष पर्याप्तता २४.४५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

सहकारी विभागको निर्देशनअनुसार सार्वजनिक गरिएको वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था, बचत परिचालन, ऋण लगानी तथा सदस्य सहभागिताको अवस्था देखाएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सबल र सर्वोत्कृष्ट संस्था’ भन्ने नारासहित वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको मुख्य कार्यालय बनेपा–६, बुडोल, काभ्रेपलाञ्चोकमा रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ६, शनिबार ०८:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP