• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज १ हजार रुपैँयाँले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज १ हजार रुपैँयाँले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य घटेको छ । आज प्रतितोला एक हजारले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० कायम भएको छ ।

गत हप्ता आइतबार २ हजार ७०० ले मूल्य बढेको थियाे । साेमबार १ हजार ३०० ले बढ्याे । मंगलबार भने ३ हजारले मूल्य घटेको थियाे । बुधबार ३ हजारले घट्यो। बिहीबार १ हजार ८०० ले मूल्य घटेको थियाे । शुक्रबार ३ हजार ४०० ले बढ्याे ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । ६५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार १० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २०, आईतवार ०५:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP