• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नमोबुद्ध नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

नमोबुद्ध नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

ज्ञानमणि नेपाल कालोटोपी

भकुण्डेवेंसी, काभ्रे। कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेको नमोबुद्ध नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई ट्याक्टर वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाका अनुसार यस कार्यक्रममार्फत करिब ५०० जना किसानले ट्याक्टर प्राप्त गर्ने भएका छन् । सबै वडाबाट करिब ८०० वटा ट्याक्टरको माग प्राप्त भए पनि उपलब्ध बजेट र कार्यक्रमको दायराअनुसार पहिलो चरणमा ५०० किसानलाई समेटिएको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कालोटोपी डटकमलाई दिनुभएको जानकारीअनुसार ५० प्रतिशत अनुदान उपलब्ध गराइएकाले प्रत्येक ट्याक्टरका लागि किसानले १४ हजार ५०० रुपैयाँ मात्र व्यहोर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको छ ।

नगरपालिकाले विगत वर्षहरूमा पनि यस्तै प्रकारका कृषि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको थियो । कृषि सामग्रीमा अनुदान प्राप्त भएपछि स्थानीय किसानहरू उत्साहित र खुसी भएका छन्। किसानहरूले यस कार्यक्रमले खेतीपातीलाई सहज, छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नगरपालिकाले आगामी दिनमा समेत कृषकको उत्पादन लागत घटाउने तथा कृषि व्यवसायलाई थप आधुनिक र व्यावसायिक बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ८, सोमबार १२:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP