• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बीमा दाबीलाई सहज बनाउन प्राधिकरणकाे निर्देशन

बीमा दाबीलाई सहज बनाउन प्राधिकरणकाे निर्देशन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितीका कारण सिर्जना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फर्स्याेट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

असहज परिस्थितीका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको हाे ।

असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिकरूपमा उपलब्ध गराउनसमेत प्राधिकरणले आग्रह गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २७, शुक्रबार ०१:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP