काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ओरालो लागेको छ। आइतबार ३०.०२ अंकले घटेको नेप्से सोमबार ५.८० अंकले घटेको हो ।
आज ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २ हजार ५६०.२९ बिन्दुमा पुगेको छ। सोमबार झिनो अंकले नेप्से घट्दा होटेल तथा पर्यटन, लगानी र व्यापार समूह बाहेक सबे समूहको उपसूचक नकारात्मक रहेकाे छ।
१५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९० वटा कम्पनीको मूल्य बढेकाे छ । सोमबार ११ वटा कम्पनीको मूल्य भने स्थिर रहेकाे नेप्सेले जनाएकाे छ ।
आज दरमखोला हाइड्रो इनर्जीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । उन्नति सहकार्य लघुवित्तको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे ।
प्रतिक्रिया