• २०८३ असार ३२ | Thu, 16 Jul 2026

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ काभ्रेद्वारा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ काभ्रेद्वारा प्रभातफेरी

बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाद्वारा आइतबार प्रभातफेरी कार्यक्रमकाे आयोजना गरियाे । बनेपाको चारदोबाटोमा जिल्लाका पत्रकारहरू भेला भई प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै प्रभातफेरीकाे आयाेजना गरिएकाे थियाे ।

प्रभातफेरी चारदाेबाटाेबाट शुरु भइ बनेपाकाे पुरानाे बजार हुँदै परिवार नियाेजनचाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । काेणसभालाई सम्बाेधन गर्दै शाखा अध्यक्ष बिनाेदकुमार न्यौपानेले पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रतामाथि विभिन्न बाहानामा अंकुश लगाउने प्रवृत्ति बढ्दै गएको बताए । “प्रेस स्वतन्त्रता कमजोर बनाउने प्रयासहरू सरकारी तथा गैरसरकारी दुवै तहबाट भइरहेका छन्, जसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै चुनौती खडा गरेको छ।” उनले भने ।

विगतका इतिहास स्मरण गर्दै अध्यक्ष न्यौपानेले विभिन्न आन्दोलनहरूमा पत्रकारहरूले खेलेको अग्रणी भूमिकालाई बिर्सिएर अहिले त्यही स्वतन्त्र आवाजलाई सीमित गर्ने प्रयास हुनु चिन्ताजनक रहेको बताए । उनले स्वतन्त्र प्रेस बिना लोकतन्त्रको अस्तित्व नै कमजोर हुने भएकाले यसप्रति सबै पक्ष गम्भीर हुन आवश्यक रहेकोसमेत बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरू, वर्तमान पदाधिकारीहरू तथा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २०, आईतवार १५:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP