• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपाली सेनाद्वारा लुटपाटमा संलग्न २१ जना पक्राउ

नेपाली सेनाद्वारा लुटपाटमा संलग्न २१ जना पक्राउ

काठमाडाैं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपाटमा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ ।

नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर खबर गर्न सकिने छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार ०३:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP