• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

रिच इट कन्सल्टेन्सीद्वारा बनेपाकाे चारदाेबाटाेबाट सेवा शुरू

रिच इट कन्सल्टेन्सीद्वारा बनेपाकाे चारदाेबाटाेबाट सेवा शुरू

बनेपा । रिच इट कन्सल्टेन्सीले काभ्रेको बनेपास्थित चारदाेबाटाेबाट सेवा प्रदान शुरू गरेको छ । बिहीबार कार्यालयको औपचारिक उद्घाटन भएको हाे । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो ।

यसअघि बनेपाकाे तीनदोबाटोबाट रिच इट कन्सल्टेन्सीले सेवा दिँदै आएकाे थियाे । कन्सल्टेन्सीका संचालक राम थापाका अनुसार कक्षा १२ काे परीक्षा दिएर बसेका विद्यार्थीहरूले यहाँबाट सेवाबारे जानकारी लिन सक्नेछन् ।

कन्सल्टेन्सी गुणस्तरिय सेवा दिन सधैं तयार रहेकाे बताउँदै उहाँले यहाँबाट जापानिज भाषा फ्रि मा सिकाउने गरिएकाे जानकारी दिनुभयाे । उहाँले यहाँबाट आयल्स, पिटी र जापानिज भाषा सिक्न र तयारी कक्षाका लागि सम्पर्क लिन सकिने बताउनुभयाे । यस्तै जापान, अष्ट्रेलिया, युएसए, युके, न्युजिल्याण्डलगायतका देशमा जान इच्छुकहरूले पनि यहाँबाट एप्लाइ गर्न सकिनेछ ।

कार्यक्रमकाे उद्घाटन गर्दै काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले कुनैबेला आफू पनि वैदेशिक राेजगारीमा रहेकाे बताउँदै पछिल्ला दिनहरूमा यस्ता कन्सल्टेन्सीहरूले दिएका सेवाले स्वदेशमा राेजगारीका लागि जानेहरूका लागि सहजीकरण गरिरहेकाे उल्लेख गर्नुभयाे । उहाँले विदेशमा कमाएकाे धन र शिक्षा स्वदेशमा लगानी गरि देशकाे अर्थतन्त्रमा याेगदान दिनका लागि अनुराेध गर्नुभयाे ।

वैद्यले राेजगारीका लागि विदेश गइरहेकाे ठूलाे जनशक्ति राेक्नका लागि पनि अब कन्सल्टेन्सीहरूले ध्यान दिन जरूरी रहेकाेमा जाेड दिनुभयाे । कार्यक्रममा सम्बन्धित सराेकारवालाहरूका साथै संचारकर्मीहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३१, बिहीबार १९:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP