काभ्रे । भुम्लु गाउँपालिका–८ भुम्लुटार र वडा नं. ७ फलाटेका करिब १ हजार ३ सय २० परिवारले जग्गाधनी पुर्जा प्राप्त गर्ने भएका छन् ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार भुम्लुटारका करिब ७५० परिवार र फलाटेका ५७० परिवार गरी कुल १ हजार ३२० परिवारलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो संख्या सम्बन्धित क्षेत्रका करिब ९० प्रतिशत लाभग्राही परिवार रहेको अध्यक्ष भुजेलले जानकारी दिए ।
बाँकी रहेका जग्गाधनीहरूले आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा प्राप्त गर्न छिटो पहल गर्न अध्यक्ष भुजेलले आग्रह गरेका छन् । जग्गाधनी पुर्जा वितरणसँगै स्थानीयवासीको लामो समयदेखिको भूमि स्वामित्वसम्बन्धी समस्या समाधान हुने विश्वास गरिएको छ।
प्रतिक्रिया