• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

वैशाखयता विपद्जन्य घटनामा देशभर ७० जनाकाे मृत्यु, ३३३ जना घाइते

वैशाखयता विपद्जन्य घटनामा देशभर ७० जनाकाे मृत्यु, ३३३ जना घाइते

काठमाडौँ । ०८३ साल वैशाखदेखि जेठ ९ गतेसम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर ७० जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, सबैभन्दा बढी लेक लागेर १६ जना, चट्याङबाट १४ र आगलागीमा ११ जनाले ज्यान गुमाएका छन् । हुरीबाट नौ, जनावरको आक्रमणमा आठ, सर्पदंशबाट पाँच, पहिरोमा परी दुई, डुंगा पल्टिएर दुई र डढेलो, बाढी र हिउँपहिरोमा परेर एक/एकजनाको मृत्यु भएको छ ।

ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विपद्जन्य घटनाकाे संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा भएका छन् । हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको छ । ३२ घटनामा १३ जना घाइते र १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ । देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला बाढीपहिरो र कतै तातो हावाको लहर जारी छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १०, आईतवार ०६:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP