• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

आजकाे माैसमः हाल मनसुनी वायुको प्रभाव केही कमजोर

आजकाे माैसमः हाल मनसुनी वायुको प्रभाव केही कमजोर

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार ०१:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP