काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न भागबाट सात जना पक्राउ परेका छन् । टोखा नगरपालिका-९ गोंगबु मंगलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३५ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-२ घर भएका २४ वर्षीय धनबहादुर विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्रामसहित पथरीशनिश्चरे नगरपालिका-३ मुक्तिचोक बस्ने ३० वर्षीय सन्जय राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरीले सिक्टिबाट झपडतलतर्फ जाँदै गरेको को.१३ प ९४५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित बर्दिया गेरूवा गाउँपालिका-२ शान्तिबजार बस्ने २५ वर्षीय लालबहादुर विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ गणतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुलसहित सोही ठाउँ बस्ने ३६ वर्षीय लक्ष्मण गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
धादिङ, धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्रामसहित बर्दिया बारबर्दिया नगरपालिका-७ बस्ने ३७ वर्षीय दिनेश कुमार खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र ०१-००१ ख ०४३४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया