• २०८३ असार ३२ | Thu, 16 Jul 2026

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, नाै घाइते

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, नाै घाइते

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकामा आज मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साे दुर्घटनामा नौ जना घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज धोबेनी खोलामा दुर्घटना भएको थियाे । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीकाे भनाइ छ।

दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, १६ वर्षीय शीतल साउद र ३४ वर्षीय हर्क साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ ।

घाइतेलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार ०८:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP