सिन्धुपाल्चाेक । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड मेलम्ची र ग्याल्थुम शाखाले शिक्षा प्रोत्साहन कार्यक्रमअनुसार दुवै शाखा अन्तर्गतका बचतकर्ता सदस्य परिवारमध्ये २०८१ को एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीहरुका लागि प्रोत्साहन भत्ता वितरण कार्यक्रम बुधबार तेर्से मावि तालामाराङमा सम्पन्न गरेको छ।
ग्याल्थुम शाखा अन्तर्गत एलिजा खड्का र मेलम्ची शाखा अन्तर्गत सुदिप देउजालाई उक्त प्रोत्साहन वितरण गरिएको हो। दुवै जना तेर्से माध्यमिक विद्यालयबाट एसईईमा सहभागी भइ उत्कृष्ट भएका हुन् ।
कार्यक्रम मेलम्ची भ्याली क्याम्पसका प्रमुख राजनप्रसाद लामिछानेको अध्यक्षता र तेर्से माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जीतबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको थियाे ।
कार्यक्रममा संस्थाका मेलम्ची शाखा प्रमुख सञ्जिता श्रेष्ठले संस्थाले लघुवित्त कार्यक्रममार्फत समुदायमा बचत तथा आयआर्जनका साथै शिक्षा‚ स्वास्थ्य र महिला सशक्तिकरणका क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रम संचालन मेलम्ची शाखाका कर्मचारी कुमार तामाङले गर्नुभएको थियो ।
प्रतिक्रिया