बनेपा । चेतना नेपाल बनेपा-७ काभ्रेको ९ औं साधारण सभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्व तथा रेडियो एबिसी ८९.८ मेगाहर्जका संचालक मधु आचार्यको प्रमुख आतिथ्यतामा शनिबार सभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा महासचिव हरिनाथ न्यौपानेले प्रगति प्रतिबेदन तथा भाबी कार्ययोजना, कोषाध्यक्ष रमिता मानन्धरले आव ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले सामुदायिक रेडियोले समाज रुपान्तरण, बेथिति बिसङ्गतिविरुद्ध आवाज उठाइरहेको बताउँदै चुनौतीलाई सामना गरि नयाँ प्रबिधिको प्रयोग गरि सूचनाको पहुँच बृद्धिमा लाग्नुपर्ने बताउनु भयो ।
रेडियो एबिसीका संचालक भोला थापाले नयाँ प्रविधिको बिकासलाई आत्मसात गरि सञ्चार माध्यमलाई उचाइमा पुर्याउन सबैखालका चुनौती सामना गर्ने सामर्थ्यको विकास गर्न हामी लाग्नुपर्ने बताउनु भयो । सभामा ८ लाख १६ हजार ४ बराबरको आय/ब्यय विवरण प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया