• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

श्रीमतीकाे हत्या गरेको अभियोगमा काभ्रे तेमालका तामाङ पक्राउ

श्रीमतीकाे हत्या गरेको अभियोगमा काभ्रे तेमालका तामाङ पक्राउ

भक्तपुर । आफ्नै श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १, बिहीबार १५:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP