• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली, चिसाे बढ्याे

आजकाे माैसमः उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली, चिसाे बढ्याे

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

आज बिहान कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २, बुधबार ००:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP