• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रिय शोक मनाउनका लागि बुधबार सार्वजनिक बिदा

राष्ट्रिय शोक मनाउनका लागि बुधबार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

सरकारले साेमबार जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

‘जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२/०६/०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८२/०५/३० गते निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार १३:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP