• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडाैँ । सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भागमा मुख्यतया माैसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भागमा तातो दिन तथा तराईमा तातो लहर हुने सम्भावना रहेको छ ।

सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भागमा आंशिक बादल लाग्नेछ, तराईमा मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ११, सोमबार ०५:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP