काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतले नेपालका तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्रीसँगको प्रश्नाेत्तरका क्रममा बालेनले आइतबार नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिएका थिए ।
विपक्षी दलले प्रतिनिधिसभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिदासम्म संसद्मा विरोध जारी राख्ने उनीहरूले जनाएका छन् ।
प्रतिक्रिया