• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

नेपालका तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघातीः विपक्षी दल

नेपालका तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघातीः विपक्षी दल

काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतले नेपालका तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसँगको प्रश्नाेत्तरका क्रममा बालेनले आइतबार नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिएका थिए ।

विपक्षी दलले प्रतिनिधिसभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिदासम्म संसद्‌मा विरोध जारी राख्ने उनीहरूले जनाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १८, सोमबार १४:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP