ज्ञानमणि नेपाल कालोटोपी
पनौती । पर्यटकीय नगरि पनौतीलाई थप व्यवस्थित बनाउने गरि यहाँ विगत ५ वर्षदेखि डायमण्ड हिल्स रिसोर्ट संचालनमा आएको छ । पनौती बजारदेखि करिब ३ किलोमिटर पर सोही नगरपालिकाको वडानम्बर-४ मा रहेको यो रिसोर्ट पर्यटन व्यवसायी राजन थापाले संचालनमा ल्याउनु भएको हो । यसले यहाँको पर्यटकीय महत्वलाई अझ बढी प्रष्ट्याएको छ ।
३२ रोपनी क्षेत्रफलमा करिब ५० करोडको लागतमा यो रिसोर्ट संचालनमा आएको संचालक थापाले जानकारी दिनुभयो । यहाँ अहिले करिब २० जना स्थानीयले रोजगारी पाएका छन् भने स्थानीय कृषि उत्पादनहरु दूध, तरकारी, फलफूल लगायतलाई नै प्रयोग गर्ने गरिएको छ । यो चरा अवलोकन र पुतलीको अनुसन्धान क्षेत्र पनि रहेकाे थापा बताउनुहुन्छ ।
यस रिसोर्टबाट पनौती नगरपालिकाका सबै वडाहरु, महाभारत, फूल्चोकी, नमोबुद्ध र हिमालयको सुन्दर दृष्य अवलोकन गर्न सकिने भएकाले यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्ने गरेको रिसोर्टका व्यवस्थापक प्रवेश हुमागाईंले जानकारी दिनुभयो । यो रिसोर्टमा २ वटा हल र ४० वटा रुमहरु छन् । जसमा ३ वटा स्वीट रुम, २४ वटा डिलक्स रुम र बाँकी फेमिली रुम रहेको पनि हुमागाईंले बताउनुभयो ।
राजधानीको भिडभाडयुक्त वातावरण छोडेर शान्त ठाउँको खोजीमा रहेका जो कसैलाई डायमण्ड हिल्स एउटा आकर्षक र भरपर्दो पर्यटकीय गन्तव्य बनेको छ । यो ठाउँमा पुग्न, काठमाडौंबाट बनेपा हुँदै पनौती बजारबाट जाँदा ३२ किलोमिटर र ग्वार्को हुँदै लुभुबाट जाँदा २२ किलोमिटरमा पुगिन्छ । यहाँबाट हाइकिङ गर्न चाहनेका लागि पनि राम्रो वातावरण छ ।
साँगाबाट ३ घण्टामा हिँडेर जान सकिन्छ भने यहाँबाट कुशादेवी, नागी, गुर्दुमसम्म पनि जान सकिन्छ । यहाँबाट कुशादेवी र भालेश्वर महादेवको दर्शन गर्न सकिन्छ भने पनौतीका थप धार्मिक मठमन्दिर जान पनि सजिलो छ । यहाँबाट नजिकै रहेको तामाङ गाउँ चामखर्क र जन्तेढुंगा लगायतका पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकन गर्न पनि सकिन्छ । यस रिसोर्टमा नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल, स्पेनिस, इटालियन, फ्रेन्च र अमेरिकन लगायतका खानाको स्वाद लिन सकिने संचालक थापाले बताउनुभयो ।
‘डायमण्ड हिल्स’ का बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेला ।
प्रतिक्रिया