• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पाँचखालमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाँचखालमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ९:३० बजे पाँचखालको भित्री सडकबाट मुख्य राजमार्ग क्रस गर्ने क्रममा प्रदेश ३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका–१ घर भई हाल पाँचखालस्थित एक माइक्रोफाइनान्स संस्थामा कार्यरत करिब २४ वर्षीया मिनकुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा बिहान १०:४८ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ईभीमा सवार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ निवासी ६५ वर्षीय गोपाल भुजेलको घाँटीमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ। उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय पाँचखालको नियन्त्रणमा रहेका छन्। ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ निवासी ४३ वर्षीय कर्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १७, बुधबार १३:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP