काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज प्रतितोला २ हजार ७०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार ४०० कायम भएको छ ।
याे हप्ता आइतबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार सुनको मूल्य १ हजार ४०० रूपैंयाँले घटेको थियाे भने बुधबार ९०० रूपैंयाँले मूल्य घटेको थियाे । बिहीबार २ हजार ४०० रूपैंयाँले मूल्य घट्याे ।
गत हप्ता आइतबार सुनको मूल्य ४ हजार ७०० रूपैंयाँले बढेकाे थियाे । साेमबार १ हजार ४०० ले घट्याे भने मंगलबार ४ हजार ५०० ले घटेकाे थियाे ।
यस्तै बुधबार ६०० रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ६ हजार २०० रूपैंयाँले बढेको थियाे । यस्तै शुक्रबार ७ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेको छ । १७० रुपैयाँले बढेर आज एक तोला चाँदीको मूल्य ४ हजार ५१० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया