काठमाडौं । साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप-२०२६ काे फाइनलमा पुगेकाे छ । इङ्गल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो ।
खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इङ्गल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर इंगलिस टिम अन्तिम १५ मिनेट सम्हालिन सकेन ।
खेलको ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डिजले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले गोल गर्दै नतिजा २-१ मा पुर्याए ।
अर्जेन्टिनासँग पराजित भएसँगै ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ । अर्जेन्टिनाले फाइनलमा स्पेनको सामना गर्नेछ ।
प्रतिक्रिया