• २०८३ भाद्र ६ | Sat, 22 Aug 2026

मण्डनदेउपुर-७ का पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता, खोजी कार्य जारी

मण्डनदेउपुर-७ का पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता, खोजी कार्य जारी

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन् ।

बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएको प्रहरीले जनाएको छ । तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको कमाण्डमा तथा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले बेपत्ता दम्पतीको खोजी कार्य तीव्ररूपमा जारी राखेको जनाएको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २०, बुधबार २०:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP