• २०८३ भाद्र २० | Sat, 05 Sep 2026

पिपलको रुखमा घण्टी झुन्ड्याउन जाने क्रममा लडेर चौरीदेउरालीका गौतमको मृत्यु

पिपलको रुखमा घण्टी झुन्ड्याउन जाने क्रममा लडेर चौरीदेउरालीका गौतमको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ केउरेनीमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरीदेउराली गाउँपालिका–५ केउरेनी निवासी ६१ वर्षीय रुद्रप्रसाद गौतम रहेका छन् ।

प्रहरीका अनुसार गौतम शुक्रबार बिहान करिब ११ बजे आफ्नो घरदेखि करिब १०० मिटर उत्तरतर्फ रहेको महाकालीदेवी मन्दिर मान्दै आएको पिपलको रुखमा घण्टी झुन्ड्याउन जाने क्रममा सोही रुखसँगै रहेको श्री जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए ।

लड्ने क्रममा टाउकोमा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि स्थानीय धुसेनी देउराली अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएको करिब १५ मिनेटमै, बिहान ११ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १९, शुक्रबार १२:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP