काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजे सम्म १ हजार ३ सय ९० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ८६ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७१ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३० जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ३ सय ९० जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
साथै पहिचान नभएको १ हजार ३ सय ५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७ सय ८१ जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रतिक्रिया