• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026

१ हजार २०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ हजार २०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेकाे छ । आज प्रतितोला १ हजार २०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १ हजार रूपैंयाँ कायम भएको छ । आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेकाे थियाे ।

गत हप्ता आइतबार प्रतितोला ३ हजार १०० रूपैंयाँले मूल्य घटेकाे थियाे । साेमबार २ हजार ४०० ले गिरावट भएकाे थियाे भने मंगलबार प्रतितोला ३ हजार ५०० रूपैंयाँले मूल्य बढेकाे थियाे । बुधबार भने ३ हजार रूपैंयाँले मूल्य घटेकाे थियाे । बिहीबार ३ हजार ४०० रूपैंयाँले मूल्य बढेकाे थियाे भने शुक्रबार ४ हजार ८०० ले घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । ४० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ६२० रुपैंयाँ कायम भएको छ ।

गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २९, सोमबार १४:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP