काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ललितपुरले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द हुने जनाएको छ ।
आइतबार कार्यालयले एक सूचना जारी गर्दै यातायात व्यवस्था विभाग मीनभवनको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आएका कारण यो कार्यालयले उपलब्ध गराउँदै आएका सबै सेवा बन्द भएको जनाएको छ ।
‘यातायात व्यवस्था विभाग मीनभवनको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण यस कार्यालयबाट प्रदान गरिँदै आएका सम्पूर्ण सेवाहरू ईडीएलभीआरएस सिस्टम सुचारु नभएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ कार्यालयले जारी गरेकाे सूचनामा भनिएको छ ।

प्रतिक्रिया