• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज ५ हजारले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज ५ हजारले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य आइतबार बढेकाे छ । आज प्रतिताेला ५ हजार रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार कायम भएको छ ।

गत हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार २ हजार ९०० ले घटेको थियो । शुक्रबार ४ हजार ६०० रुपैँयाँले मूल्य घट्याे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । आज ५० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ७२० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १५, आईतवार ०५:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP