• २०८३ असार ३१ | Wed, 15 Jul 2026

श्रीराम ग्यासको गोदाममा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला

श्रीराम ग्यासको गोदाममा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला

काठमाडौँ। बजारमा ग्यासकाे अभाव भइरहेका बेला सम्बन्धित ग्यास कम्पनीहरुले नै लुकाएर उपभाेक्तालाई नदिएकाे पाइएकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि क्षेत्रमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा ठूलो सङ्ख्यामा ग्यास सिलिन्डर भण्डारण गरिएको फेला पारेको छ। अनुगमनका क्रममा गोदाममा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर राखिएको भेटिएको हो।

विभागका अनुसार ती १४.२ किलो तौलका ग्यास सिलिन्डर हुन् । उक्त कार्यका कारण उपभोक्तालाई समस्या पर्न सक्ने भएकाले विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

साथै, फेला परेका ग्यास सिलिन्डरहरूलाई नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ । विभागले बजारमा ग्यासको माग धेरै भएको समयमा अनावश्यक भण्डारण नगरी वितरण प्रक्रिया सहज बनाउन सम्बन्धित उद्योगलाई आग्रह गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ३, मंगलवार ०१:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP