• २०८३ भाद्र १८ | Thu, 03 Sep 2026

बाढीपीडितको सहयोगका लागि बिन्ध्यबासिनी सहकारीको ६ लाख ११ हजार ५६० सहयोग

बाढीपीडितको सहयोगका लागि बिन्ध्यबासिनी सहकारीको ६ लाख ११ हजार ५६० सहयोग

काभ्रे । भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पीडित परिवारको पुनःस्थापनाका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेले रु. ६ लाख ११ हजार ५६० सहयोग गरेको छ।

संस्थाले आज भदौ १८ गते उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको हो । संस्थामा आबद्ध कुल ६१ हजार १५६ जना शेयर सदस्य रहेकाेमा प्रतिशेयर सदस्य रु. १० का दरले हुन आउने रु. ६ लाख ११ हजार ५६० रकम सहयाेग गरिएको हो । तर साे रकम शेयर सदस्यकाे खाताबाट भने काटिने छैन ।

उक्त रकममा संस्थामा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक तथा समिति–उपसमितिका पदाधिकारीले प्राप्त गर्ने बैठक भत्तासमेत समावेश गरिएको संस्थाले जनाएको छ । अपुग रकम संस्थाले नै व्यहोर्ने व्यवस्था गरिएको थियो ।

विपद्का कारण ठूलो जनधनको क्षति भई प्रभावित परिवारहरू समस्यामा परिरहेका बेला संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । संस्थाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वसँगै मानवीय धर्मसमेत भएको उल्लेख गरेको छ । संस्थाले गरेको सहयोग रकमले बाढीबाट प्रभावित तथा पीडित परिवारको दुःखमा केही भए पनि राहत पुग्ने अपेक्षा गरेको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १८, बिहीबार १५:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP