काभ्रेपलाञ्चोक । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–७ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार २२५ रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।
संस्थाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ हजार २२५ सहयोग गरेको जनाएको छ ।
विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला नारी चेतना सहकारीको यो सहयोगले विपद्मा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा योगदान पुर्याएको छ ।
प्रतिक्रिया