• २०८३ भाद्र १८ | Thu, 03 Sep 2026

भोटेकोशी बाढीपीडितका लागि काभ्रे बहुमुखी क्याम्पसको ६ लाख ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि काभ्रे बहुमुखी क्याम्पसको ६ लाख ५५ हजार सहयोग

काभ्रे । भोटेकोशी नदीमा आएको भयावह बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रे बहुमुखी क्याम्पसले रु. ६ लाख ५५ हजार ९९८ रुपैयाँ ६५ पैसा सहयोग गरेको छ ।

क्याम्पसका सञ्चालक, प्लस–टु व्यवस्थापक, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गरिएको क्याम्पस प्रमुख के.जी. बैदारले जानकारी दिनुभयो ।

भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा सयौँ परिवार प्रभावित भएको अवस्थामा पीडितहरूको उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले क्याम्पस परिवारको तर्फबाट उक्त रकम प्रदान गरिएको बैदारले बताउनुभयो ।

बाढीबाट प्रभावित नागरिकको दुःख र पीडामा क्याम्पस परिवार पनि साथमा रहेको सन्देश दिन सहयोग गरिएको जनाउँदै क्याम्पस प्रमुख बैदारले मानवीय विपत्तिको समयमा सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

क्याम्पसबाट गरिएको यस सहयोगले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा केही भए पनि योगदान पुग्ने विश्वास क्याम्पसले व्यक्त गरेको छ । विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित नागरिकको सहयोगमा हातेमालो गर्न पाएकोमा काभ्रे बहुमुखी क्याम्पसले गौरवान्वित महसुस गरेको क्याम्पस प्रमुख बैदारले बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १८, बिहीबार १९:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP