• २०८३ जेष्ठ २९ | Fri, 12 Jun 2026

चैतन्य क्याम्पस बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पस, अब बीबीए र एलएलबीका पढाइ शुरू हुने

चैतन्य क्याम्पस बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पस, अब बीबीए र एलएलबीका पढाइ शुरू हुने

बनेपा । काभ्रेकाे बनेपामा रहेकाे चैतन्य क्याम्पसले बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेशकै पहिलो बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सम्बन्धन प्राप्त गरेकाे छ । यसै विषयमा जानकारी दिन र नयाँ कार्यक्रमबारे सुझाव तथा सल्लाहका लागि क्याम्पसले शनिबार शैक्षिक अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।

क्याम्पस संचालक समितिका अध्यक्ष राजभाई मानन्धरको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न शैक्षिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पसका नयाँ याेजनाहरूबारे प्राध्यापक शिवओम दाहालले जानकारी दिनुभएकाे थियाे ।

कार्यक्रममा प्राध्यापक भोला केसी, बागमती प्रदेशका पूर्वसचिव डा. चन्द्रप्रसाद लुईटेल, सिद्धार्थ स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, कानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर भुजेल, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर नेगीले सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।

यस्तै काभ्रे बार एसोसिएसनका अध्यक्ष हरिशरण दाहाल, इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, क्यान महासंघका उपाध्यक्ष शेखर दुलाल तथा पूर्वविद्यार्थी समाजका अध्यक्ष एसकुमार रञ्जितलगायतले आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएकाे थियाे ।

क्याम्पस प्रमुख जुजुभाई मानन्धरले बदलिँदो सामाजिक अवस्था, बजारको माग र विद्यार्थीहरूको रुचिलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कार्यक्रम शुरु गरिएको बताउनुभयाे । उहाँका अनुसार यस क्याम्पसमा हाल स्नातक तहमा बीआईटी र बीएड (सेमेस्टर प्रणाली) का कक्षाहरू सञ्चालनमा रहेका छन् । आगामी शैक्षिक सत्रदेखि बीबीए (Bachelor of Business Administration) तथा एलएलबी (Bachelor of Laws) कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयाे ।

सहभागीहरूले सहज र सुलभ शुल्कमा सञ्चालन हुन लागेका नयाँ कार्यक्रमले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । साथै क्याम्पसकाे सफलताकाे कामना पनि गरेका थिए ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २३, शनिबार १८:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP