काठमाडौँ । सिन्धुपाल्चोककी गंगा सोनामले गायन रियालिटी शो नेपाल आइडलकाे छैटौँ सिजनकाे उपाधि जितेकी छिन् ।
गए राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका–१०, बडहरेकी २० वर्षीया गंगा सोनामकाे प्रस्तुति शुरुदेखि नै राेचक हुँदै आएकाे थियाे ।
नेपाल आइडलको अडिसनमा उनले पहिलाे देउडा गीत ‘डोली चढाई लैजान्या हो सुवा’ गाएर निर्णायकहरूको मन जितेकी थिइन् । त्यसयता उनले आफ्नाे प्रस्तुति सुधार गर्दै विजेता बन्न सफल भइन् ।
गंगाको अब नेपाली सङ्गीत क्षेत्रमा आफ्नो यात्रा नयाँ उचाइमा पुर्याउने ढोका खुला भएको छ । पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान २० वर्षिया गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छिन्।
अन्तिम प्रतिश्पर्धामा गंगासहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर थिए । विजेता गंगाले २५ लाख रुपैयाँ पाएकी छिन् । यस्तै पाँचौं विजेता मृनल मानन्धरले १ लाख, चौथो विजेता अभिनय खाती १ लाख, सेकेण्ड रनरअप (तेस्रो) दर्शना गान्धारीले ५ लाख र फस्ट रअनरअप (दोस्रो) बबिता थापामगरले १० लाख रुपैयाँ प्राप्त गरे ।
यस कार्यक्रमकाे निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए।
यस्ताे थियाे गंगाकाे प्रस्तुतिः
Facebook VideoLoading video...
प्रतिक्रिया