काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द, संगीत रहेको गीतलाई फोइसिल (Foeseal)ले म्युजिक डिरेक्सन गरेका हुन् ।
देशकोअहिलेको बैदेशिक रोजगारीको बिषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ, जुन धेरै नै हृदयस्पर्शी बनेको छ । भिडियोमा नायक बिशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ।
भविन गुरुङको छायांकन, रञ्जित श्रेष्ठको सम्पादन र आरओबीले निर्देशन गरेकाे गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल ( INSIDE Mucase ) बाट सार्वजनिक गरिएको हो ।
गायक मुकेशका यसअघिका गीतहरुलाई पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई पनि मन पराउनेमा मुकेश ढुक्क रहेका छन् । हेराैं भिडियाेः
प्रतिक्रिया