• २०८३ असार ३० | Tue, 14 Jul 2026

बनेपामा निर्माण हुने ‘सिनेपा: स्टुडियो’ का लागि सरकारले ३ करोड अनुदान दिने

बनेपामा निर्माण हुने ‘सिनेपा: स्टुडियो’ का लागि सरकारले ३ करोड अनुदान दिने

काठमाडौँ । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ।

शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डबीच सम्झौता हस्ताक्षर र पत्र आदान प्रदान कार्यक्रम औपचारिकरूपमा सम्पन्न भएको हो।

कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुसहित बोर्डका अधिकृतद्वय प्रभाकर भट्टराई र गिरिश शर्मा पनि उपस्थित रहनुभएकाे चलचित्र विकास बाेर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार १५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP