काठमाडौंँ । द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ ।
मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशलसिंह निएलले एरेन्ज गरेका हुन् । नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य जोडी सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय र नृत्य रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शकको रोजाइमा परेको छ ।
साथै भिडियोको प्रचारप्रसारका लागि ‘डान्स च्यालेन्ज’को घोषणासमेत गरेको छ जस अन्तर्गत उत्कृष्ट डान्स गर्नेलाई नगद पन्ध्र हजार पुरस्कारको साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने गीतको निर्माण युनिटले जनाएको छ।यसअघि पनि मिलन भट्टराई र प्रज्वल कार्कीको ‘नजाउ माया’ र ‘रहेन केही’ गीत सार्वजनिक भइसकेको छ।
दिनेश पराजुलीको छायांकन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘चमेली ‘ गीतलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल ( Milan Bhattarai Official ) मार्फत सार्वजनिक भएको हो।
प्रतिक्रिया