काठमाडौँ। अन्तरिम सरकार गठनका लागि शीतल निवासमा बिहीबार बसेकाे बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको छ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपतिबीच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठूलो चुनौती बनेको हाे। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो।
कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो। संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको हो । जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् ।
राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग पनि छलफल गरेका थिए।
प्रतिक्रिया