• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ भदौ २९ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ भदौ २९ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडाैं । २०८२ साल भाद्र २९ गते आइतबार तदनुसार १४ सेप्टेम्बर २०२५ । सप्तमी तिथी ७ घडी १९ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । रोहिणी नक्षत्र २२ घडी २२ पला उप्रान्त मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग बयब करण आज बिहान सूर्योदय ५:४९ मा भयो भने सूर्यास्त साँझ ६:०८ मा हुनेछ। आज आइतबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । झुटा आरोपको लागि हुनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ । मुद्दा मामिलामा फसिने योग छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ ।

वृष राशि
सन्ध्यामा मन जानेछ। पठनपाठनमा सफलता पाइने योग छ । पराक्रममा वृद्धि भएर जानेछ। मानसम्मानमा कमी आउने देखिन्छ ।

मिथुन राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा उत्तरचढाव आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।

कर्कट राशि
पराक्रम बढेर जानेछ। कृषि क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । हराएको धनमाल भेटिन सक्ने सम्भावना बढेर गएको छ । पारिवारिक सरसहयोग मिल्ने देखिन्छ ।

सिंह राशि
शारीरिक आलस्यता बढेर जानेछ । चोटपटकको सम्भावना बढेर जाने देखिन्छ । मानसम्मानमा अघात पुग्ने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउने देखिन्छ । भोज भतेरमा सहभागी भइनेछ।

कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । हराएको धनमाल भेटिन सक्ने सम्भावना रहेको छ। दाजुभाइको सरसहयोग मिल्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।

तुला राशि
मांगाले कार्यमा सहभागी भइनेछ । लेखन शैलीमा तीव्रता आउनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिने योग छ ।

वृश्चिक राशि
पारिवारिक साथ सहयोगले काममा सफलता प्राप्त हुने देखिन्छ । आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी कष्टतामा सुधार भएर जाने देखिन्छ ।

धनु राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । आर्थिक क्षेत्रमा ह्रास आउने देखिन्छ । मानसम्मानमा अघात पुग्नेछ । अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ सजग रहनुहोला ।

मकर राशि
कृषि तथा चौपायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । दाजुभाइमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
वैदेशिक कार्यबाट सफलता पाइने योग छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्यमा सुधार भएर जानेछ ।

मीन राशि
न्यायिक कार्यमा सहभागी हुने अवसर पाइनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जाने देखिन्छ । व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ०१:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP